
नेपालगन्ज । नेपाली कांग्रेस सहित गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले भारत्तोलनका खेलाडी सञ्जु चौधरीको निधनप्रति दुःख ब्यक्त गर्नुभएको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताकी स्वर्ण पदक विजेता चौधरी ललितपुरमा मृत अवस्थामा फेला पर्नु भएको थियो ।
बाँकेको राप्ती सोनारी गाउँपालिका निवासी सञ्जुको निधनले आफुलाई निकै स्तब्ध बनाएको विष्टले बताउनु भयो । ‘राष्ट्रले एउटा हिरा गुमाएको छ,’ उहाँले भन्नुभयो । विष्टले सञ्जुप्रति श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ ।





