
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका वडा नं.८ बहादुरपुरको अध्यक्षमा नेपाली कांग्रेसका दिल बहादुर ढेंगा विजयी हुनुभएको छ ।
वडाका सबै प्रतिनिधि पनि काग्रेसबाटै विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जनाएको छ ।
ढेंगाले रूख चिन्हमा ४ सय १० मत ल्याएर विजयी हुनुभएको हो । उहाँको नेकपा एमालेका उम्मेदवारसंगको मतान्तर १०४ रहेको छ ।
माथागढीका अन्य वडा तथा दशैं स्थानीय तहको गणना जारी रहेको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिनुभयो ।





