
प्युठान । प्युठान नगरपालिका वडा नम्बर १ मा गठवन्धनका सवै उम्मेद्वारले जीत हासिल गरेका छन ।
गठबन्धनका तर्फबाट वडा अध्यक्षका उम्मेदवार कांग्रेसकी साधना राउत सहितको प्यानल विजयी भएको हो ।
शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको शनिबार सकिएको मतगणना अनुसार ९५३ मत ल्याएर राउत वडाअध्यक्षमा निर्वाचित भए भने उनहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गोबिन्द बस्नेत (गोपाल) ७ सय ११ मत पाएर पराजित हुनुभयो ।
महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमा समेत गठबन्धनका उम्मेद्वार विजयी भए ।
प्राप्त बिबरण अनुसार नगरपालिका मेयर र उपमेयरमा समेत गठबन्धनको अग्रता छ । यो नगरपालिकामा माओबादी केन्द्र र नेपाली कांग्रेसको चुनाबी तालमेल छ ।





