
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १ मा कांग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार नरेन्द्र बस्नेत विजयी हुनुभएको छ ।
२०७४ को चुनावमा पनि कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहनुभएका उहाँ एमालेका महेन्द्र लिगलसंग पराजित हुनुभएको हाे ।
यसपटक पार्टीले माधव प्रधानलाई उम्मेदवार बनाएपछि उहाँले बागी उम्मेदवारी दिनुभएकाे थियाे । त्यसपछि उहाँलाई पार्टीले कारवाही गरेको थियो ।
बस्नेत विजयी हुंदा एमालेका महेन्द्र लिगल दोस्रो स्थानमा र कांग्रेसका आधिकारिक उम्मेदवार माधव प्रधान तेस्रो स्थानमा छन् । वडा सदस्यहरु चारै जना कांग्रेसका विजयी भएका छन् ।





