
बाँके । सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल केन्द्रीय समितिद्धारा आधारभुत तथा माध्यमिक तहका शिक्षकको लागि विषयबस्तुमा आधारित ५३ दिने अनलाईन तालिम संचालन गरिएको छ ।
तालिमको १४ औ दिन soson बाँकेले सो अनलाईन तालिम सञ्चालन गरेको छ । १०६ सेसन चल्ने गरि soson का बिभिन्न जिल्लाहरुले ईकाइगत रुपमा सञ्चालन गर्दै आएको तालिममा बाँके शाखाले सामाजिक अध्ययनको ईकाइ ५ मा रहेको नागरिक चेतना बिषयमा आजदेखि ४ दिनसम्म तालिम सञ्चालन गर्ने छ ।
आजको तालिममा देशभरिबाट जुममार्फत ४०० बढी शिक्षक सहभागी रहेका थिए । आज तालिमको soson बाँकेका अध्यक्ष बाबुराम अधिकारीले अध्यक्षता गर्नुभयो भने उपाध्यक्ष सम्झना के.सीले स्वागत गर्नुभएको थियो ।
सचिव पुरुषेत्तम खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष नोखीराम शर्माले बाँके जिल्लाको परिचय प्रस्तुत गर्नु भएको थिायो । केन्द्रीय उपाध्यक्ष तथा तालिम संयोजक ध्रुवराज थापा र उपाध्यक्ष शान्ता ढकालले सुवेच्छा राख्नुभएको थियो ।
नैनसरा जैसीले आजको तालिममा सहजिकरण गर्नुभएको थियो । निःशुल्क सञ्चालन भइरहेको यस तालिमबाट प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षक र सामाजिक विषयमा चासो राख्ने जो सुकै लावान्वित हुन सक्ने अध्यक्ष अधिकारीले बताउनु भयो । तालिम प्रत्येक दिन ४.३० देखि ६.३० सम्म दुई घण्टा सञ्चालन गरिएको छ ।





