राप्तीसोनारी १ मा नेकपा एमालेको प्यानल बिजयी

राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षमा नेकपा एमालेका यमबहादुर खड्का निर्वाचित हुनुभएको छ । उहाँसहित एमालेको पुरै प्यानल निर्वाचित भएको हो ।

खड्काले ८ सय ७७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तेज बहादुर सुवेदीले ६ सय ४१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी खुल्ला सदस्यमा एमालेकै चुर्णबहादुर भण्डारी र भरत बुढाथोकी, महिला सदस्यमा एमालेकै यमकुमारी ओली र दलित महिला सदस्यमा निर्मला बिक निर्वाचित हुनुभएको छ ।

यमकुमारी २०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाटै महिला सदस्यमा निर्वाचित हुनुभएको थियो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले वडाअध्यक्ष सहित ३ वडासदस्य जितेको थियो ।

राप्ती सोनारी १ नम्बर नेपाली कांग्रेसका क्षेत्रीय सभापति पोषण केसी र निर्वतमान सभापति माधवराम खत्रीको वडा हो ।

Previous articleखजुरा वडा नं १ मा कांग्रेसका मनवीर क्षेत्री विजयी
Next articleजनता निर्वाचनमा व्यस्त, सरकार डिजेल, पेट्रोलको मुल्य बढाउन मस्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here