
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाको १ नम्बर वडामा कांग्रेस माओवादी गठबन्धन तर्फको उम्मेदवार मनवीर क्षेत्री विजयी हुनुभएको छ ।
खजुराको १ नम्बर वडामा गएको स्थानीय निर्वाचनमा एमालेबाट सुमन मल्लले जित्नुभएको थियो ।
एमालेको पकड भएको वडा हो १ नम्बर । तर कांग्रेसका मनवीर क्षेत्रीले १८५ मतले जित हासिल गर्नुभएको हो ।
जित पछि क्षेत्रीले वडावासी सम्पुर्ण जनतालाई धन्यवाद दिदै वडाको विकासमा लाग्ने बताउनुभयो ।





