
कोहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिल्यानगरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । उक्त वडा यसअघि नेकपा एमालेको गढका रुपमा चिनिन्थ्यो ।
उक्त वडामा माओवादीको पुरै प्यानल निर्वाचित भएको हो । वडाअध्यक्षमा माओवादीका बद्रीप्रसाद जैसी निर्वाचित हुनुभएको हो ।
जैसीले ७ सय २४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी एमालेका रुद्र खनालले ६ सय ४८ मत प्राप्त गर्नुभएको छ ।





