
नेपालगन्ज । बाँकेकाे डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसले खाता खाेलेकाे छ ।
डुडुवाकाे वडा न-१ मा काँग्रेसकाे पुरै प्यानल बिजयी भएकाे हाे । याे वडामा यसअघि पनि काँग्रेसकाे नेतृत्व रहेकाे थियाे ।
काँग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार पाटेश्वरी कुर्मी १४१ मतान्तरले बिजयी हुनुभएको हाे ।
यश वडामा परेकाे मतमध्ये १४४ मत बदर भएकाे छ भने २५५१ मत मात्रै सदर भएकाे छ ।





