नरैनापुरमा मतगणना शुरु गर्न सर्वदलिय सहमति

नेपालगञ्ज । बाँकेको नरैनापुरमा मतगणना शुरु गर्ने सर्वदलिय सहमति भएको छ ।

मतगणनामा सहभागी पालिकामा कार्यरत कर्मचारीले नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा मत संख्या बढाएको भन्दै एमाले र जनता समाजबादी पार्टी ९जसपा० ले विरोध जनाएपछि मतगणना स्थगित भएको थियो ।

नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालका अनुसार मत गणना शुरु गर्न जिल्लाबाट अन्य कर्मचारी नरैनापुर पुगेको बताउनुभयो ।

गएराती मतगणनामा सहभागी कर्मचारीले बढाएर तीन सय ८० घोषणा गरेपछि विरोध भएपछि मतगणना रोकिएको थियो ।

Previous articleअक्षय कुमारलाई दोस्रो पटक कोरोना संक्रमण
Next articleबाँकेकाे ८१ वडामध्ये १३ काे मत परिणाम सार्वजनिक, कहाँ कस्काे जित ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here