बाँकेकाे ८१ वडामध्ये १३ काे मत परिणाम सार्वजनिक, कहाँ कस्काे जित ?

file photo

बाँकेका ८१ वटा वडा मध्ये १३ वडाको मत परिणाम सार्बजनिक भएको छ । जस्मा एमालेले ५ , कांग्रेसले ४, जसपाले २ र नेकपा माओवादी केन्द्र र राप्रपाले १ वटा वडा जितेको छ ।

१ नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी ।

२ नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी ।

३ बाँकेको जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो रजा राई बिजयी ।

४ बाँके राप्ती सोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी ।

५ राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी ।

६ कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैशी बिजयी ।

७ खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी ।

८ बाँकेको डुडुवा गाउँपालिका १ मा कांग्रेसका पतेश्वरी कुर्मीको प्यानल नै विजयी भएको छ ।

९ नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल बिजयी ।

१० बाँकेको राप्ती सोनारी गाउपालिका वडा नं.- २ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार ज्ञानेन्द्र ओलि सहित पुरै प्यानल बिजयी भएको छ।

११ बाँकेको बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल बिजयी

१२ कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी बिजयी ।
१३ नेपालगन्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ बिजयी ।

Previous articleनरैनापुरमा मतगणना शुरु गर्न सर्वदलिय सहमति
Next articleनेपालगन्ज वडा नं.२० मा जसपाकाको प्यानल निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here