नेपालगञ्ज ६ को वडाअध्यक्षमा पुन : समिर प्रताप सिंह निर्वाचित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार समीरप्रताप सिंह निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका उम्मेद्वार सिंह ४ सय ५१ मतले निर्वाचित हुनुभएको हो भने निकटतम प्रतिद्वन्दी राप्रपाका रबिन्द्र थापा ४ सय २ मतले पराजित हुनुभएको हो ।

सिंह दोस्रो कार्यकालका लागि स्थानीयत तहको निर्वाचन २०७९ बाट निर्वाचित हुनुभएको छ । साथै वडा सदस्यहरुको विवरण आउन बाँकी रहेको छ ।

Previous articleस्थानीय तह निर्वाचन मत परिणाम : बाँकेमा हालसम्म कहाँ कसले जित्यो ?
Next article२९५ पालिकाको नतिजा : कांग्रेस १३३, एमाले ८४ र माओवादी ६४ वटामा विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here