
नेपालगञ्ज । बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
नगरपालिकाका सम्पूर्ण वडाहरुमो मत गणना अनुसार मेयरमा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित हुनुभएको हो । थारुले ९ हजार ८ सय ७ मत प्राप्त गर्नुभएको छ ।
उहाँले आफ्ना प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिपक जंग शाहलाई पराजित गर्नुभएको हो । उहाँले ९ हजार ७ सय ६० मत प्राप्त गर्नुभयो । मेयरमा एमालेका उम्मेदवार पहारी चौधरीले ६ हजार ७२ मत प्राप्त गर्नुुभएको छ ।
यसैगरी उपमेयरमा माओवादी केन्द्रकै मनकला कुमारी चौधरी निर्वाचित हुनुभएको छ । उहाँले १० हजार ८६ मत प्राप्त गर्नुभएको छ भने उहाँकी प्रतिद्धन्द्धी नेपाली कांग्रेसका यशोदा थारुले १० हजार ४५ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा एमालेकी उम्मेदवार सावित्रि शर्मा बख्रेलले ५ हजार ४ सय २२ मत प्राप्त गर्नुभएको हो ।





