डुडुवामा नरेन्द्र चौधरी र साहिदा बानो दोस्रो कार्यकालका लागि निर्वाचित

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका नरेन्द्रकुमार चौधरी र साहिदा बानो निर्वाचित हुनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पनि उहाँहरु अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

अध्यक्ष चौधरीले जनता समाजवादी पार्टी (जसपा(का भण्डारीलाल यादवलाई पराजित गर्नुभएको हो । नवनिर्वाचित अध्यक्ष चौधरीले ६२७२ मत प्राप्त गर्नुभभयो भने उहाँका निकटतम प्रतिद्धन्द्धी जसपाका यादवले ५१२५ मत प्राप्त गर्नुभएको छ ।

अध्यक्षका उम्मेदवार नेकपा एमालेकी सरोजकुमारी यादवले ३७१९ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा निर्वाचित साहिदाले ५८८४ मत प्राप्त गर्नुभयो भने जसपाकी तरन्नुम बानोले ४७५४ मत प्राप्त गर्नुभयो ।

नेकपा एमालेका सकिल खाँले ४१५८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Previous articleबर्दियाको राजापुरको मेयर, उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित
Next articleनेपालगञ्ज १७ मा कांग्रेसका लक्ष्मणप्रसाद वर्मा निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here