नियमित बिद्युतको माग गर्दै नेपालगञ्जमा विरोध प्रदर्शन

नेपालगञ्ज । विद्युत प्राधिकरण विरुद्ध शुक्रबार नेपालगञ्जमा विरोध प्रदर्शन भएको छ । अघोषित तरिकाले बारम्बार लोडसेडिङ मार खेप्दै आएका नेपालगञ्जबासी विरोधमा उत्रिएका हुन् ।

नेपालगञ्ज आम नागरिक अगुवाईमा उपस्थित समूहले विद्युतको अनियमित रुपले विद्युत लोडसेडिङलाई सुधार गर्न नेपालगञ्जका आम नागरिकद्धारा भएको विरोधमा विद्युत प्राधिकरण अगाडि मूल ढोकामा धर्ना दिएर ज्ञापनपत्र बुझाएका छन् ।

प्रदर्शनमा राजनीतिक दका प्रतिनिधि, नागरिक समाज, पेशागत संगठनका प्रतिनिधि, उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

विरोध प्रदर्शनमा दिनेश थापा, घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष मधु शर्मा, उद्योग बाणिज्य संघ नेपालगन्जका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अभियान्ता विनोद कर्ण, युवा अभियान्ता साहिल अन्सारी लगायतले मन्तब्य राख्नुभएको थियो ।

Previous articleनेपालगञ्जको मेयरमा प्रशान्त बिष्ट र उपमेयरमा कमरुद्दिन राई निर्वाचित
Next articleकांग्रेसको विजयी र्‍यालीमा एमालेको आक्रमण, ६ जना घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here