
नेपालगञ्ज । लघुउद्यम प्राप्त युवाहरुका निम्ति पाँच दिने जीवन उपयोगी तालिम नेपालगञ्जमा सम्पन्न भएको छ ।
गत बिहीबारदेखि शुरु भएको तालिम सोमबार औपचारिक कार्यक्रममार्फत सहभागिलाई सहभागिताको प्रमाणपत्र बितरण गर्दै उक्त तालिमको समापन गरिएको हो ।
एसडिएफका अध्यक्ष चम्प सिंह थापामगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा सस्थाका संस्थापक अध्यक्ष घनश्याम उपाध्याय समेतले प्रमाण पत्र बितरण गर्नुभएको थियो ।
सेफ द चिल्ड्रेनको सहयोग तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा नेपालगञ्जमा संचालित युवा शसक्तीकरण पावर फोर एवाई परियोजना अन्तर्गत सामाजिक बिकास मंच (एसडिएफ) बाँकेको आयोजनामा कार्यक्रम गरिएको थियो ।
तालिममा सहभागिलाई आफ्नो जीवनलाई सरल र सहज तरिकाबाट बिताउने तरिकाको खोजी, युवा तथा बालबालिकाहरुलाई दैनिक जीवनमा आइपर्ने समस्याहरुको समाधान गर्न र चुनौतीहरुको सामना गर्ने क्षमताको बिकास गर्ने सम्बन्धमा बारेमा प्रशिक्षण दिइएको थियो ।
तालिमको समापनमा बोल्दै सहभागि नेपालगञ्जकी सोनिया नाउँले यस तालिमपछि जीवन उपयोगी सी प्राप्त गर्दा खुशी लागेको र भविष्यमा जीवनलाई अझ सफल बनाउन हौसला मिलेको धारणा राख्नुभयो ।
यस्तै किशोर किशोरीमा हुन सक्ने यौन प्रजनन स्वास्थ्यसम्बन्धि जानकारी गराउँदै बालबिवाहका कारण उत्पन्न हुने असरको बारेमा समेत युवा उधमीहरुलाई जानकारी गराइएको थियो ।
१८ जनाको युवाको सहभागिता रहेको तालिमलाई एसडिएफ बाँकेका सिनियर अफिसर बृजेश ठाकुर र अफिसर पुजा बर्माले सहजीकरण गर्नुभएको थियो ।





