कोभिड-१९ विरुद्ध खोप अभियानमा रेडक्रस स्वयंसेवक परिचालन

नेपालञ्ज । कोभिड–१९ विरुद्धको खोप अभियान थप प्रभावकारी पार्न नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले स्वयंसेवक परिचालन गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको साझेदारीमा जानकी र नरैनापुर गाउँपालिकामा संचालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमद्वारा स्वयंसेवक परिचालन गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेद्वारा ८ वटै स्थानीय तहको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य चौकी र खोप लगाउन धेरै संख्यामा छुटेका गाउँटोलमा स्वास्थ्यकर्मी पुगी खोप लगाइएको छ । खोप अभियान २०७९ जेष्ठ १० देखि १२ गतेसम्म संचालन भएको थियो ।

खोप अभियानको अनुगमनका क्रममा नरैनापुर र जानकी गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको टिम खोप केन्द्रमा पुग्दा विगतको खोप अभियान भन्दा अहिलेको खोप अभियानमा खोप लगाउने व्यक्तिको संख्या उल्लेखनीय रुपमा बृद्धि भएको स्वास्थ्य चौकीका इन्र्चाजहरुले सुनाएका थिए ।नरैनापुर र जानकी गाउँपालिकामा खोप लगाउनका लागि नेपाल रेडक्रस सोसाइटीले रेडक्रस स्वयंसेवक परिचालन, माइकिङ्ग, गाउँ÷टोलका धार्मिक संस्थाका धर्मगुरु मार्फत समुदायमा सूचना प्रवाह, स्वयंसेविका र सामाजिक अगुवाहरुसंग सहकार्य गरी अभियान प्रभावकारी बनाएको हो ।

जिल्ला भरीमा पहिलो डोज पाउन ३८,१६२, दोश्रो डोज १,११,१८१ र बुस्टर डोज पाउन २,९५,४२४ जना गरी ४,४४,७६७ जना खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उल्लेखित संख्यालाई नै लक्ष्य गरी ३ दिनसम्म खोप अभियान संचालन भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । समाचार तयार गर्दासम्म कति जनाले खोप लगाएका हुन भन्ने सूचना सबै पालिकाबाट प्राप्त नभएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनु भएको छ ।अनुगमन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपनिर्देशक दोलखबहादुर डाँगी, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा, नेरेसो गंगापुर उपशाखाका का।बा।सभापति शालिकराम साहु र जानकी उपशाखाका कोषाध्यक्ष मुनीर अहमद खाँको सहभागिता रहेको थियो ।

Previous articleदैलेख बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत
Next articleपेट्रोलिमय पदार्थमा १० रुपैयाँ कर घटाउने तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here