
बाँके । जिल्लामा आईतबार मृत्यु भएकी काेराेना संक्रमित महिलाकाे दहसंसकार गरिएकाे छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारार्थ भर्ना भएकी कोहलपुर नगरपालिका वडा नं. २ की ७० वर्षीया महिलाको आइतबार दिउँसो ३ बजे मृत्यु भएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले नेपालगञ्ज मेडिकल कलेज कोहलपुर उपचारको क्रममा मृत्यु भएकी महिलाको आवश्यक सजगता अपनाएर नेपाली सेनाको भैरवप्रसाद गणको टोलीले सम्मानका साथ अन्तिम संस्कार गरिएको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएकाे छ ।
मृतक महिला न्यूमोनियाबाट ग्रस्त भई गत २३ गते उपचारको लागि भर्ना भएको र साेही दिन स्वाब संकलन गरी जाँचको लागि पठाईएकोमा कोरोना पुष्टी भएको थियो । 





