हामीले जो देख्यौ र भौग्यौं : कोरोना सर्नमा दोसी को ?

🖋️स्वास्थ्यकर्मीहरू : जागेश्वर बस्नेत/तेज वली/विनोद वि.क/सरोज रिमाल/राजन कुमार शाही

बाँकेमा हाल कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ । यसको संक्रमणको दोस दिने र नियन्त्रणका लागि जस लिने सवैले आनै तर्फबाट काम देखाउन विभिन्न सामाजिक संजाल फेसबुक, टुइटर, इन्ट्राग्राम देखि पत्र पत्रिकामा आना कामको फोटो तथा समाचार प्रत्येक दिन प्रकाशन गरि रहेका छन् ।

कोही आनो बौद्धिकता देखिउन हालको महामारी र मेडिकल सामाग्रीको कमीको बेलामा यो र त्यो गर्नुपर्यो भन्दै छन् । तर क्वारेन्टिन र आइसोलेसनमा न्युनतम आवश्यकताका सामाग्री, औषधी र सुरक्षाका सामाग्रीहरु उपलब्ध गराउन कठिन रहेको देखिन्छ ।

आम जनताबाट व्यक्तिगत सहयोग भइरहेको छ, भने विभिन्न संघ संस्थाबाट पनि उत्तिकै सहयोग भइरहेको छ । नेपालगन्जमा कोरोना पहिलो चरणमा हुदाँ बाटो घाटोमा विभिन्न थरीका सेनिटाइजर छर्नेहरु अहिले हराएका छन् ।

भारतबाट नेपालीहरु आउने क्रम बढेको, समुदायमा कोरोना फैलिरहेको अवस्थामा भने स्थानीय निकायलाई कोरोना पोजेटिभ भएकाको घर तथा क्वारेन्टिनमा सेनिटाइज गर्न गाह्रो भएको छ ।

हाल कोरोना समुदायस्तरमा पुगिसकेको भएपनि नेपालगन्जको स्थिति हेर्ने हो भने यो शहरी क्षेत्र र विशेष गरि उच्च र मध्यम बर्गमा बढि देखिएको छ । यसको अर्थ पि.सि.आर परिक्षणको पहुचँ अझै आम जनता तथा टोलटोलमा नपुगेको हुन सक्छ र दोस्रोमा यस लकडाउनको बखत र त्यस पश्चात पनि यथासक्य जानकारी हुदाँहुदै भएको लापर्वाही नै हो ।

केहि संक्रमितहरुसंगको सामान्य कुराकानी यस्तो छ ।

१. माक्स त लागएकै थियौ, सेवाग्राहीहरु गेटमा रोक्छ भनेर माक्स
लगाउछन्, काम गर्ने बेलामा माक्स, कि हातमा, कि च्युडोमा राख्छन्,
धेरै सेवाग्राही आउने ठाँउ हो, को बाट सर्यो थाहै भएन ।

२. असार मसान्तपछि हाम्रो नजिकका साथीहरुसंग सानो भेटघाट थियो,
सामान्य खानपिन भयो, त्यसको ३४ दिन पछि हल्का ज्वरो र सुख्खा
खोकि लाग्यो जाँच गर्दा पोजेटिभ देखियो, अब मेरा परिवारको जाचँ
छिटो गरिदिनु पर्यो ।

३. आफन्तले घरको कार्यक्रममा बोलाएका थिए, खानाको व्यवस्था थियो, म
लगायत त्यस घरका २३ जना पोजेटिभ देखियो ।

४. मलाई पोजेटिभ देखियो, पितृकार्य थियो, केही आफन्तीले प्रसाद ग्रहण
गरेका थिए ।

५. जान त कतै गएको होइन, केटाकेटी छिमेकीको वर्थडेमा गएका थिए,
एक पटक साथीहरुबाट बधाईको टिका ग्रहण गरेको थिए ।

६. हाम्रो साथीहरुको सानो गु्रप छ, सधै चियामा भेटघाट हुन्थ्यो, अब सवैको
जाँच गर्नु पर्यो ।

७. छिमेकी जिल्लामा पुगेर आएपछि, २४ दिन टाइम पासका लागि तास,
लुडो खेल्ने गरिन्यो, त्यतैबाट हो की सरेको ?

८. दिउँसोको काम गरेपछि खाजा बाहिर खाने गरिएको थियो, त्यतैबाट
सरेको जस्तो लाग्छ ।

९. अरु त कतै होइन, मिटिङ्गहरुमा जाने र खाजा खाने काम हुन्थ्यो,
त्यतैबाट सरे होला ।

१०. इन्डीया से आएँ, और क्वारेन्टिनमै ठैरे थे ।

११. डिउटीमा खटिएको हो, कहिलेकहिले घर जाने गरिएको थियो, सानी
छोरीको पोजेटिभ आयो ।

यी र यस्ता संक्रमितहरुका केही भनाईले अब सवै सचेत हुन जरुरी देखिन्छ । सबैले आफु र समाजलाई सुरक्षित राख्नका लागि मेरा साथीहरु, मेरो आफन्त, आजको मात्र कार्यक्रम, मलाई केहि हुँदैन, भएको छैन भने जस्ता कुराहरुबाट सचेत रहन जरुरी छ ।

साथसाथै अब व्यवस्थित क्वारेन्टिन, अझ धैरै र सुरक्षित आइसोलेसन बेड बनाउन जरुरी छ । सम्पुर्ण स्वास्थ्यकर्मी अझ जिम्मेवार हुन आवश्यक छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाईकर्मीको मनोबल उच्च राख्नका लागि सम्पुर्ण कार्यलय प्रमुख तथा राजनीतिकर्मीले विशेष भुमिका खेल्न जरुरी छ ।

कोरोनाको यो युद्धमा सम्पुर्ण स्थानीय तह, स्वास्थ्य कार्यालय, सुरक्षाकर्मी, राजनीतिकर्मी एक जुट हुन जरुरी छ । अबको यो विषम् समयमा नीजितर्फका स्वास्थ्यकर्मीलाई पनि खटाउन जरुरी रहेको छ ।

सञ्चारमाध्यमहरुले पनि संम्वेदनशील अवस्थामा हतारमा भन्दा पनि सहि समाचारसहित जनतालाई सुसुचित गर्ने खालका सन्देशहरु प्रकाशन गर्न आवश्यक रहेको छ । समुदायस्तरमा कोरोनाको परिक्षण गर्न तयारी र योजना बनाउन जरुरी रहेको छ ।

Previous articleकाेराेना संक्रमित महिलाकाे दहसंस्कार गरियाे
Next articleदुई चिकित्सकसहित थप २० जनामा संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here