
नेपालगञ्ज । कर्तव्य ज्यान मुद्दामा फरार एक जना पक्राउ परेका छन ।
बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१८ बस्ने ३० वर्षीय कोइली भन्ने शिव कुमार बढईलाई पक्राउ गरेको हो ।
बढईले नसालु पदार्थ सेवन गरी सोमबार नेपालगञ्ज वडा नं १८ कारकाँदो स्थित ७० वर्षीय लिलावति गुप्ताको पसलमा सामान किन्न गएको बेला समान किन्ने विषयमा विवाद गरी गुप्तालाई कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएकी गुप्ताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बढई कुटपिट गरी फरार भएका थिए ।
प्रहरीले उनलाई नेपालगञ्ज वडा नं १५ जमुनाहाबाट पक्राउ गरेको हो ।





