
नेपालगञ्ज । बाँके प्रहरीले लेनदेन मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लेनदेन मुद्धामा सजाय तोकिएका नेपालगञ्ज घरवारीटोलकी अनितादेवी बानिया पक्राउ परेकी हुन ।
बाँके जिल्ला अदालतले लेनदेन मुद्दामा २०५६ बैशाख ६ गते ३ महिना कैद सजाय तोकेको थियो । सजाय तोकेयता बानिया फरार रहेकी थिइन ।
प्रहरीले उनलाई २०७९ जेष्ठ २४ गते २३ वर्षपछि पक्राउ गरेको जनाइएको छ । फरार बानियालाई अदालतमा बुझाइएको छ ।





