
नेपालगञ्ज । बाँके प्रदेशकै मातृ मुत्युको उच्च जोखिममा रहेको देखिएको छ । लुम्बिनी प्रदेशको बाह्र वटै जिल्लामध्ये बाँके मातृ मृत्युदरको पहिलो नम्बरमा रहेको छ ।
एन डि एच एसको सर्वेक्षण अनुसार बाँकेमा प्रदेशकै सबैभन्दा बढि मातृ मत्यु हुने गरेको मंगलबार पत्रकारहरुबीच गरिएको अन्तरक्रियामा यस्तो तथ्याँक सार्वजनिक गरिएको हो ।
सर्वेक्षणको पछिल्लो तीन आर्थिक वर्षको तथ्याँक अनुसार आर्थिक वर्ष २०७५/७६ मा २९ जना आमाहरुको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ मा ३५ जना र आर्थिक वर्ष २०७७/७८ मा बढेर मृत्यु हुने आमाको संख्या ४८ पुगेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बाँके जिल्ला मातृ मृत्युदर पहिलो नम्बरमा रहेको बताउनुभयाे । ´प्रदेशमा रहेका १२ जिल्लाहरुमध्ये, बाँकेको अवस्था नाजुक छ, शाहले भन्नुभयाे, प्रयास गर्दै गर्दा पनि पहिलो नम्बरमा रहेको छ ।`
त्यसमा पनि सबैभन्दा बढि अस्पताल पुग्ने आमाहरुको मृत्यु भएको छ । अस्पताल जाने ४३ प्रतिशत आमाहरुको मृत्यु हुने गरेको छ, भने अस्पताल वा स्वास्थ्य संस्था लैजाँदै गर्दा २९ प्रतिशत आमाहरुको मृत्यु बाटोमै हुने गरेको देखिएको छ । यस्तै १४ प्रतिशत जतिको घरमा मुृत्यु हुने गरेको छ ।
भेरी अस्पताल नेपालगञ्जकी डा.कल्पना थापाले सुरक्षित प्रसुतिका लागि अन्तिम बिकल्पका रुपमा गर्भवती अस्पताल आउने हुँदा प्रयास गर्दै गर्दा मृत्यु हुने गरेको बताउनुभयाे ।
यसमा पनि प्रयाप्त जनशक्तिको अभाव हुनु मृत्युकाे कारण हो, डा.थापाले भन्नुभयाे, अस्पतालमा भौतिक पुर्वधारको कमि हुनु र ढिलो गरी अस्पताल पुग्ने कारणले गर्दा अस्पतालमा मृत्यु हुने आमाहरुको दर बढि देखिएकाे हाे ।
मृत्यु हुने आमाहरू १९ देखि ३५ वर्ष उमेर समूहका अधिकांश रहने गरेका छन् । यस्तै जिल्लाको आठ पालिकामध्ये सबैभन्दा उच्च जोखिममा नेपालगञ्ज उपमहानगरपालिका रहेको छ । आर्थि वर्ष २०७८/७९ को हालसम्म तथ्यांक अनुसार ६ जना आमाले ज्यान गुमाएका छन ।





