
नरैनापुर । नेपाल रेडक्रस सोसाइटी गगापुर उपशाखाको २ बर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन अधिकारी राकेश बहादुर श्रीवास्तवले दिनुभएको जानकारी अनुसार सभापतिमा विक्रम प्रसाद वर्मा, उपसभापतिमा फुलमति यादव, सचिवमा शालिकराम साहु, कोषाध्यक्षमा सोहनलाल यादव, उपसचिव डिठ्ठा प्रसाद मुराउ, उपकोषाध्यक्षमा बिश्राम रैदास, महिला सदस्यमा झगरपता यादव, सदस्यहरुमा साबिरअलि मुकेरी, अफसर अलि मुकेरी, अर्जुन प्रसाद यादव र बाबुराम वर्मा निर्वाचित हुनुभएको छ ।
निर्वाचन कार्यक्रममा नेरेसो बाँके शाखा मन्त्री अजिज अहमद सिद्धिकी, जिल्ला कार्यसमिति सदस्य यज्ञनारायण नारायण शर्मा, बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा लगायत निर्वाचन टीमको सहभागिता रहेको थियो ।





