उपचारका लागि अस्पतालकाे गेट-गेट पुगेकी प्रिताले दिईन छाेरीकाे जन्म

बाँके । कोरोना कहरका कारण उपचारका लागि भाैंतारिएकी गर्भवती प्रिता खटिकले छाेरीकाे जन्म दिनुभएकाे छ ।

काेराेनाका कारण कोहलपुर मेडिकल कलेज नेपालगन्ज, काेहलपुर र भेरी अस्पतालकाे प्रसुति सेवाहरु बन्द रहेको अवस्थामा डुडुवा-१ कि प्रीति खटिकको जटिल शल्यक्रियाद्वारा साेमबार साँझ छोरीको सकुशल जन्मभएको छ ।

अस्पतालका अनुसार आमा र बच्चा दुबै ठिक छन् । साेमबार दिनभरी विभिन्न अस्पतालकाे गेटमा पुगेर पनि उपचार पाउन नसकेकी डुडुवा गाउँपालिका-१ पिप्रहवाकी प्रिताकाे माँ जानकी अस्पतालमा साँझदेखि उपचार शुरू गरिएकाे थियाे ।

जिल्लाका बिभन्न अस्पतालका डाक्टरहरू सेल्फ क्वारेन्टिनमा रहेकाले डा.कुमार सान शाहले गर्भवती महिलाकाे शल्यक्रिया गर्नुभएकाे थियाे । प्रिताकाे छाेरी आफन्तकाे काखमा

Previous articleदिनभरी भाैंतारिएकी गर्भवती माहिलाकाे जानकी अस्पतालमा उपचार शुरू
Next articleतीन महिनाअघि भेटिएकाे शिवकाे मुर्ति रहस्यमय चाेरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here