तीन महिनाअघि भेटिएकाे शिवकाे मुर्ति रहस्यमय चाेरी

बाँके । नेपालगन्ज वडा नं-७ मा तीन महिना अघि भेटिएकाे शिवकाे मुर्ति चाेरी भएकाे छ ।

मन्दिरका पुजारी परिवार राती १ बजेसम्म जागेपनि स्थानीयका अनुसार मंगलबार बिहान ३ बजेतिर मुर्ति चाेरी भएकाे हाे ।

करिब तीन महिनाअघि मन्दिर छेउँमा बाटाे बनाउने क्रममा साे मुर्ति फेला परेकाे रामजानकी मन्दिर व्यवस्थापन समितिका संयाेजक बिनाेद कश्यपले जानकारी दिनुभयो ।

फेला परेकाे साे अष्टधातुकाे शिवकाे मन्दिरमा स्थापना गरिएकाे थियाे । साे बेला वडा नं-१३ का एक व्यक्तिले आफ्नाे भनेर दावी गरेपछि व्यवस्थापन समिति र दावीवाला बसेर सहमतिमा मन्दिरमा स्थापना गरिएकाे थियाे ।

मन्दिरमा सहजै छिर्न सक्ने कुनै बाटाे नभएकाले चाेरीकाे घट्ना रहस्यमय बनेकाे छ । समितिका सल्लाहकार हर्क बहादुर गुरूङले चाेरी गर्ने कुनै बाटाे नदेखिएकाले रहस्यमय भएकाे बताउनुभयाे ।
प्रहरीले घट्नास्थलकाे प्रारम्भिक अनुसन्धान गर्दा चाेरी हुनसक्ने आधार देखिएकाे छैन । मुु्र्त्ति चाेेेरी भएकाे छतमाथिकाे बाटाे

Previous articleउपचारका लागि अस्पतालकाे गेट-गेट पुगेकी प्रिताले दिईन छाेरीकाे जन्म
Next articleकाराेना कहरका बेला पनि हाेटेलहरूकाे लुटतन्त्र किन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here