दिनभरी भाैंतारिएकी गर्भवती माहिलाकाे जानकी अस्पतालमा उपचार शुरू

बाँके । जिल्लाका विभिन्न अस्पातलमा पुग्दा उपचार हुन नसकेकाे गर्भवतीकाे माँ जानकी अस्पतालमा उपचार शुरू भएकाे छ ।

साेमबार दिनभरी अस्पतालकाे गेटमा पुगेर पनि उपचार पाउन नसकेकी डुडुवा गाउँपालिका-१ पिप्रहवाकी प्रिता खटिककाे माँ जानकी अस्पतालमा साँझदेखि उपचार शुरू गरिएकाे हाे ।

जिल्लामा रहेकाे मेडिकल कलेज नेपालगन्ज र काेहलपुर, भेरी अस्पताल सिल गरिएपछि दिनभरी भाैंतारिएकी महिलाको जानकी अस्पतालमा उपचारकाे व्यवस्था मिलाईएकाे छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङ, स्वास्थ्य कार्यालय बाँकेका बरिस्ठ जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाही, जानकी अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादव, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, बासका अध्यक्ष रमेश सिटाैलाकाे समन्वयमा गर्भवतीलाई अस्पतालमा भर्ना गरि उपचार गर्न थालिएकाे छ ।

जिल्लाका बिभन्न अस्पतालका डाक्टरहरू सेल्फ क्वारेन्टिनमा रहेकाले डा.कुमार सान शाहले गर्भवती महिलाकाे उपचार गर्न शुरू गर्नुभएकाे छ । उहाँका अनुसार आमा र बच्चाको स्वास्थ्य ठिक रहेकाे छ । पेटमा बच्चा उल्टाे भएकाले तत्काल अपरेसन गर्नुपर्छ ।

Previous articleमेडिकल कलेज काेहलपुरमा थप एककाे मृत्यु, रिपोर्ट पाेजिटिभ
Next articleउपचारका लागि अस्पतालकाे गेट-गेट पुगेकी प्रिताले दिईन छाेरीकाे जन्म

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here