
ठाकुरद्वारा । प्लान इन्टरनेशनल नेपाल सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको आर्थिक तथा प्राबिधीक सहयोग र जिल्ला बिकास समन्वय इकाइ बर्दियाको समन्वय सहजिकरणमा एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणाली सम्बन्धी दुई दिने कार्यशाला शुरु गरिएको छ ।
बर्दिया जिल्लाका ८ वटा स्थानिय तहका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख एवम IEMIS कर्मचारिहरुको सहभागीतामा ठाकुरद्वारा शुरू भएकाे हाे ।
उक्त कार्यशालामा स्थानिय तहमा एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणाली IEMIS मा हाल गरिरहेका असल अभ्यास बारे सिकाइ आदान प्रदान, इमीसमा देखिएका चुनौती, नेपाल सरकार शिक्षा मन्त्रालयले एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणालिमा गरिएको अध्याबधिकबारे जानकारी तथा आगामी दिनमा बर्दिया जिल्लाका सबै स्थानिय तहमा बिधालयको कक्षा ८ सम्मको परिक्षाफल, मुल्याकंन, प्रकाशित, स्कुल एकाउन्ट सिस्टम, शिक्षक बिधार्थिको आईडी कार्ड, बिधार्थिको बिस्तृत बिबरण, बिधालय बाहिर रहेका बिधार्थिहरुको बिबरण, IEMIS बिबरण राख्नका लागी गर्नुपर्ने भुमिका , बिधालय र स्थानियतहमा बिधालय स्तरको Excel based को एकिकृत IEMIS ब्यबस्थापन प्रकृया बारे छलफल हुने जानकारी परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणालि दुई दिने कार्यशालाको अध्यक्षता जिल्ला बिकास समन्वय इकाइ बर्दिया प्रमुख रेबिका अमात्य ले गर्नुभएको थियो भने स्वागत साझेदार सस्थाको तर्फबाट स्याक नेपाल बाँकेका कार्यसमिती सदस्य कैलाशमान श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
कार्यशालाको उदधाटन सत्रको समापन गदै जिल्ला बिकास समन्वय इकाइ बर्दिया प्रमुख अमात्यले बर्दिया जिल्लाको सबै स्थानिय तहको एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणालीमा एकरुपता ल्याउनका लागी यस कार्यशाला कोशेढुगांको रुपमा रहनेछ ।
अझ पनि बिधालय स्तरमा एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणालीमा सुधार गर्नुपर्ने भएकाले यस कार्यशालाको समन्वय गरि साझेदार सस्था प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल संगको साझेदारि अगाडी बढाएको बताउदै यस कार्यशालामा अधिकतम रुपमा सहभागहिरुको क्षमता बिकास हुने र यसका लागी प्लान इन्टरनेशन नेपाल तथा स्याक नेपाल लाइ बिषेश धन्यबाद दिनुभयाे ।
यस कार्यशालालाई सहजिरण गर्न शिक्षा मन्त्रालयमा लामो समयदेखि कृयाशिल बिज्ञको रुपमा रहनेभएका पुर्व उपसचिब शंकर बहादुर थापा, एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणाली IEMIS का बिज्ञ सम्बेदन कोइरालाले गर्नु हुनेछ ।
दुई दिनसम्म संचालन हुने कार्यशालामा बर्दिया जिल्लाका ८ वटा स्थानिय तहका शिक्षा युवा तथा खुलकुद शाखा प्रमुख र IEMIS अध्याबधिक गर्ने सहायक कर्मचारी र शिक्षा बिकास समन्वय इकाइ बर्दियाका कर्मचारी गरि १८ जनाको सहभागीता रहेको छ ।





