
ठाकुरद्वारा । प्लान इन्टरनेशनल नेपाल सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको आर्थिक तथा प्राबिधीक सहयोग र शिक्षा बिकास तथा समन्वय इकाइ बर्दियाको समन्वय सहजिकरणमा एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणाली सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएकाे छ ।
बर्दिया जिल्लाका ८ वटा स्थानिय तहका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख एवम IEMIS कर्मचारिहरुको सहभागीता रहेको थियाे ।
उक्त कार्यशालामा स्थानीय तहमा एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणालि IEMIS मा हाल गरिरहेका असल अभ्यास बारे सिकाइ आदान प्रदान, इमीसमा देखिएका चुनौती, IEMIS को आधारभूत अवधारणा, परिचय, प्रकार र दृष्टिकोणहरू, अभ्यासहरूको समीक्षा, विद्यालय लेखा प्रणाली IEMIS र यसको रोलआउट बारे परिचय र छलफल, विद्यालय स्तर IEMIS मा समीक्षा र हालको अद्यावधिक, विद्यालय स्तर IEMIS मा मूल्याङ्कन र थप सुधारको लागि साझेदारी, स्थानीय तहको कक्षा ८ को परीक्षा, व्यवस्थापन स्थानीय तहको कक्षा ८ को परीक्षा, मार्क लेजर र ग्रेड-शीट निकाल्नको लागि व्यावहारिक अभ्यास, IEMIS वेब पोर्टलमा छलफल र व्यावहारिक अभ्यास, PMT आधारित छात्रवृत्ति अद्यावधिक गर्न छलफल र व्यावहारिक अभ्यास का साथै बर्दिया जिल्लाका सबै स्थानीय तहमा IEMIS एकरुपताका लागी कार्ययोजना निर्माण गरेको परियोजना अधिकृत लक्ष्मी शर्माले जानकारी दिनुभयो ।
एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणाली दुई दिने कार्यशालाको समापन सत्रमा, प्रशिक्षक शंकर बहादुर थापा, स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको समापन सत्रको अध्यक्षता गनूभएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ बर्दिया प्रमुख रेबिका अमात्यबाट समापन गरिएको छ ।
कार्यशालालाई शिक्षा मन्त्रालयमा लामो समयदेखि कृयाशिल बिज्ञको रुपमा रहनुभएका पुर्व उपसचिब शंकर बहादुर थापा, एककिृत शैक्षिक सुचना ब्यबस्थापन प्रणाली IEMIS का बिज्ञ सम्बेदन कोइरालाले सहजीकरण गर्नुभएको थियाे ।
दुई दिनसम्म संचालन हुने कार्यशालामा बर्दिया जिल्लाका ८ वटा स्थानीय तहका शिक्षा युवा तथा खुलकुद शाखा प्रमुख र IEMIS अध्याबधिक गर्ने सहायक कर्मचारि र शिक्षा बिकास समन्वय इकाइ बर्दियाका कर्मचारि गरि १८ जनाको सहभागीता रहेको थियाे ।





