
पूर्ण प्रसाद ढकाल
अधिवक्ता
नेपालगन्जमा एकसे एक राम्रो होटलहरु छन ! प्रतिस्पर्धात्मक मुल्यमा होटलमा कोरोनाका बिरामि राख्दा गुणस्तरीय र सस्तो मूल्य पर्नेगरी राख्न सकिँदैन ? एउटा स्टाञ्डर्ड कोठालाई हिजो सबथोक सहज भएका बेलामा समेत तारे होटेलले १५०० मा सबै सुविधा दिएर राखेकै थिए !
आज सोल्टि होटलले समेत वरिपरिका खेतमा लागेका हरिया धान हेरेर बस्नु परेको बेला एक रात सुतेर, दुईछाक खाएको अन्य होटलले यो बेला ४०००-५००० लिन मिल्छ? कोरोना पोजेटिभ भएका बेला मानिस बिरामी भएर आफैमा चिन्तित हुन्छ, परिवार त्रसित हुन्छ, त्यो माथी होटलमा तिर्नुपर्ने यो दैनिक मुल्यले बिरामिको चिन्ता के बढाउदैन होला?
हो, होटलमा ब्यब्स्थापन गर्नु निकै राम्रो हो, सुबिधा हो, गर्नु पर्ने र हुनु पर्ने कुरा भएकै छ, तर त्यस्को नाममा यति चक्रो मूल्य वास्तविक हो भने कुरा नघुमाई भन्न चाहन्छु यो ब्रमलुटनै हो !
अब त एक सामान्य नागरिकलाई कोरोना लाग्दा १४-२१ दिन होटलमा बस्दा ६० हजार देखि १ लाख खर्च हुने देखियो ! घर परिवारलाई नै लागेमा र परिवारको संख्या ५ जना हुने हो भनेत ५ लाख चाहियो !
अर्को कुरा, सरकारी आईसोलेसन छ भन्नुहोला, तर जायज रकम तिरेर बन्द हुन लागेका होटलमा बस्ने चाहना कस्को हुदैन होला र? उचित मूल्य लिएर थप होटलमा बिरामी राख्नु नै पर्छ, तर, बिरामिको मौकामा चौका हान्दा, कमिसन खादा त्यसको बदला कोरोनाले खोजि खोजी तिनीहरुलाई नै लिन्छ लिन्छ !
एकजना सरकारी जागिरे, पदले अधिकृत भएर पनि किन भागेका छन नेपालगन्न्जमा भन्दा हो यहि आईसुलेसनको रकम थाह पाएर ! त्यसैले बेलैमा उपभोक्ता को हितका लागि पनि केहि गर्ने कि ?





