किसानलाई मलखाद उपलब्ध गराउन माग

नेपालगन्ज । नेपाल कृषि प्रधान देश केवल कागजमा मात्र सिमित रहेको छ । नेपालका किसानहरुका लागि सरकारले समयमा विउ, मलखाद उपलब्ध नगराउदा हरेक वर्ष किसानहरु समस्या झेल्दै आएका छन ।

अहिले आकासे पानी नपर्दा किसानहरु समस्यामा परेका हुन । पानी नपर्दा किसानहरुले धानको व्याड समेत राख्न पाएका छैनन भने रोपाई सुरु हुने बेला किसानले मल नपाएर समस्यामा परेका हुन । किसानलाई धान खेतीका बेला मल उपलब्ध नभएपछि खेती किसानीको कार्य प्रभावित भएको छ ।

यसै सन्दर्भमा बाँकेका नागरिक समाजका तर्फबाट आज सोमबार बाँके प्रशासनको ध्यानाकर्षण गराइएको छ । बाँकेमा रहेको कृषि तथा विउविजन सामाग्री केन्द्रमा मौजदात रहेको मल सहज रुपमा किसानसमक्ष पुरयाउने बाताबरण मिलाउनका लागि सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले ज्ञापन पत्र बुझाएका हो ।

नेपालको संविधानको धारा (३६) मा खाद्य सम्वन्धी हकको व्यवस्था गरिएको छ । किसानका लागि तत्काल सस्तो, सहज रूपमा धानको बिउ, मल उपलब्ध गराउने व्यवस्थाका लागि सरकारसंग माग गर्दै किसानको धानबालीमा भएको क्षति स्वरूप गर्नुपर्ने रकम समेत किसानलाई उपलब्ध गराउनुपर्ने माग गर्दै बाँके जिल्लाका किसानहरुलाई तत्काल मल खादको व्यवस्था मिलाउन सरकारसंग विशेष माग गरेको विज्ञप्तीमा उल्लेख छ ।

ज्ञापन पत्र बुझाउनेहरुमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिह केसी, ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भटट, नागरिक अभियन्ता रविन्द्र कुमार ज्ञवाली लगायतले हस्ताक्षर गर्नुभएको थियो ।

Previous articleइन्धनमा पुन: भारी मुल्य बृद्वि, पेट्रोलमा २१ रूपैया बढ्यो
Next articleखोज तथा उद्धार कार्य प्रभावकारी वनाउन कृत्रिम घटना अभ्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here