पत्रकारिता एवं साहित्यतर्फ योगदान पुर्याएको भन्दै यादव सम्मानित

नेपालगञ्ज । अवधी पत्रकारिता एवं साहित्यतर्फ अतुलनीय योगदान पुर्याएको भन्दै पत्रकार सूर्यलाल यादव सम्मानित हुनुभएको छ ।

लुम्बिनी प्रदेशको कपिलबस्तुमा सम्पन्न दोस्रो अन्तराष्ट्रिय अवधी सम्मेलनमार्फत यादवले अवधी समुदायको बिकास एवं साहित्य लगायत पत्रकारितामा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मानित गरिएको हो ।

लुम्बिनी प्रदेश प्रमुख कुल प्रसाद केसीको उपास्थितिमा कपिलबस्तुको तौलिहवामा सम्पन्न सम्मेलनमा भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्र अन्तर्गत पत्रकारिता तथा साहित्यको क्षेत्रमा अतुलनीय योगदानका कारण सम्मानित गरिएको उल्लेख छ ।लुम्बिनी प्रदेशकी कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ति, शिक्षा तथा संस्कृति प्रवद्र्धन केन्द्र नेपालका अध्यक्ष रमेश शर्मा र अवधी सांस्कृतिक बिकास परिषद कपिलबस्तुका अध्यक्ष पशुपति मणि त्रिपाठीले यादवलाई सम्मान प्रदान गर्नुभएको थियो ।

कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवं नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र शिक्षा तथा संस्कृति प्रवद्र्धन केन्द्र एवं अवधी सांस्कृतिक बिकास परिषद नेपालको संयोजकत्वमा उक्त सम्मेलन गरिएको थियो ।

अवधी संस्कृति प्राचीनतम संस्कृति को नाराका साथ यही असार ४ र ५ गते तौलिहवाको तिलौराकोटमा दोस्रो अन्तराष्ट्रिय अवधी सम्मेलन आयोजना गरिएको थियो ।

Previous articleखोज तथा उद्धार कार्य प्रभावकारी वनाउन कृत्रिम घटना अभ्यास
Next articleयाेग दिवसमा नेपालगन्जमा र्याली र याेगाभ्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here