जानकी-५ मा योजना सुझाव संकलन

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको वडा न-५ को वडा कार्यालयले ०७९/०८० का लागि योजना संकलन पृथकीकरण बारेमा सुझाव संकलन गरेको छ ।

अगामी वर्षका लागि योजनाहरू जनस्तरबाटै संकलन गरेर कार्ययोजना बनाउन र पारदर्शी ढङ्गले अगाडी बढ़नका लागि सुझावहरु सँकलन गरिएको छ ।

सो कार्यक्रममा जानकी गाउ‌ँपालिकाका अध्यक्ष छब्बन खांले जनचाहना अनुरूप गाउँको विकास गर्न खुल्ला, पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अनुसार नै योजना बनाउने र विकास गर्ने बताउनु भएको छ ।वडा नं- ५ का वडा अध्यक्ष टीकानाथ यादवको अध्यक्षता भएको सो कार्यक्रममा अध्यक्ष यादवले ग्रामीण जीवनमा सुधार‌का लागि जनचेतना अभिवृद्धि गर्दै, शिक्षा, स्वास्थ, सिचाई, रोजगार र महिला विकास का योजना हरू लाई अघि बढाउने बताउनु भयो ।

वडाको विकासका लागि टोल-टोलबाट योजना संकलन गरि वृहत छलफल र सबैको सहभागितामा वडास्तरिय भेला गरि सुझाव संकलन गरिएको हाे ।

Previous articleयाेग दिवसमा नेपालगन्जमा र्याली र याेगाभ्यास
Next articleनेपालगन्जमा खुल्यो एक करोड लागतमा अत्याधुनिक बिजुली घर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here