सरोकारवालासँग स्थानीय तह निर्वाचनको समिक्षा

नेपालगञ्ज । स्थानीय तह निर्वाचन २०७९ को समग्र समीक्षा गरिएको छ ।

संवाद समूह बाँकेले आज (बिहीबार) नेपालगञ्जमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको सरोकारवालासँग समिक्षात्मक अन्तरक्रिया गरेको हो ।

निर्वाचन शान्तीपूर्ण, भयरहित र सफल बनाउन चरणवद्ध संवाद सहजीकरण गरेको समूहले निर्वाचनसँग प्रत्यक्ष सम्बन्धित निर्वाचन अधिकारी, सुरक्षा अधिकारी, निर्वाचन पर्यवेक्षक, अधिकारकर्मी, नागरिक अगुवामाझ निर्वाचन अघि, मतदान अवधी र मतगणना घोषणा सम्मको समग्र समीक्षा गरेको हो ।

स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा खटिएका नियोकका बसन्त गौतमले सहज पहुँच र सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै मतदान केन्द्र परिवर्तन गर्नु पर्ने सुझाव दिनु भयो ।

नेपालगञ्ज उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख उमा थापामगरले मतदाता शिक्षा अभावकै कारण धेरै मत वदर भएको भन्दै गठवन्धन र चुनाव चिन्हको अन्यौलताले पनि मतदाता झुक्कीएको बताउनुभयो ।

राष्ट्रिय अपांग महासंघका संघीय सचिव भावुक जंग थापाले असशक्त, अपाङ्ग तथा जेष्ठ नागरिकको सहज पहुँचलाई ध्यान नदिइएको भन्दै आगामी सुधार हुनुपर्नेमा जोड दिनु भयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले शन्तिसुरक्षा र आचार संहिता पालनालाई प्राथमिकता दिइएकोले निर्वाचन शान्तिपूर्ण र सफल भएको बताउनु भयो । मतदान भन्दा मतगणना गर्न धौ धौ भएको उहाँले स्वीकार्नु भयो ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख एवं निर्वाचन अधिकारी रमा पन्तले निर्वाचन अधिकृतसँगको समन्वयमै निर्वाचन गरिएको भन्दै मतदाता शिक्षालाई थप प्रभावकारी बनाइनु पर्ने आवश्यक्ता महसुस भएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले सुरक्षा अधिकारी, दल र नागरिक समाजबीचको समन्वय र सहकार्यले निर्वाचनमा अप्रिय घटना नभएको विश्वास व्यक्त गर्नु भयो ।

सहभागी अधिकांसले मतदान र मतगणना झन्झटिलो भएकाले अव ईलेक्ट्रीक भोटिङ मेसिनको प्रयोग गर्ने नीतिको ब्यवस्था गरिनु पर्ने, आचार संहितामा कडाई गरिनुपर्ने, सूचनाको सहज प्रवाह गरिनुपर्ने लगायत सुझाव दिनु भएको थियो ।

संवादका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा इन्सेकका प्रदेश संयोजक भोला महत, नेपाल बार एशोसीयशनका पुर्व वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ, ससस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेत, सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, अधिकारकर्मी प्रकाश उपाध्याय, मुस्लिम युवा अगुवा एवं संवाद समूहका सदस्य मकबुल मुकेरी, पत्रकार मधु पौडल लगायतले पनि आआफनो राय सुझाव राख्नु भएको थियो ।

Previous articleदाङ क्षेत्र नं ३ बाट हेमन्त मल्लको स्वतन्त्र उम्मेदवारी
Next articleस्वः मूल्याङ्कनमा डुडुवा यस वर्ष पनि पहिलो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here