
नेपालगञ्ज । नेपालगन्जमा बिभिन्न कार्यक्रम गरी एसओएस दिवस मनाइएको छ । ३६ औं अन्र्तराष्ट्रिय एस ओएस दिवसको अवसरमा एसओएस नेपालको ५० औं स्थापना दिवस तथा प्रो.डा.हर्मन माइनरको १०३ औं जन्मोत्सव कार्यक्रम गरिएको हो ।
एसओएस युवालय नेपालगञ्जका नायब निर्देशक तुरलाराम बिश्वासको अध्यक्षतामा नेपालगन्ज उप–महानगपालिका वार्ड नं.–१८ करकाँदोस्थित एसओएसमा ३६ औं अन्र्तराष्ट्रिय एसओएस दिवस नेपालगन्ज उप–महानगपालिकाका प्रमख प्रशान्त बिष्टको प्रमख आतिथ्यमा सम्पन्न भएको हो ।
एसओएस युवालय नेपालगन्जका अनिता शाही र सपना सिजापतिद्वारा सञ्चालित कार्यक्रममा, एसओएस युवालय नेपालगञ्जका काउन्सिलर लक्षमण कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । एसओएस १३६ देशमा अभिभावक बिहिन बालबालिकाहरुको रेखदेख गरी रहेको छ भने आफ्नो खुट्टामा उभिनका लागि आतमनिर्भर बनाई रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रशान्त बिष्ट, बिशिष्ट अतिथि वार्ड नं.१२ का वडाध्यक्ष तरुण कुमार बज्राचार्यले मानसमा बत्ती बाली प्रो.डा.माइनरको तस्बीरमा माल्र्यापण गरी उदघाटन गर्नुभएको थियो ।
सो कार्यक्रममा बिभिन्न किसिमका खेलकुदहरुमा सफल भएका एसओएसका भाई बहिनीहरुलाई नेपालगञ्जका नगर प्रमख बिष्ट र एसओएस युवालय नेपालगञ्जका नायब निर्देशक बिश्वासले पुरुस्कार बितरण गर्नु भएको लक्षमण कार्की बताउनुभयो ।
यसरी सो कार्यक्रममा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने दाताहरु रवि तुलाधर, जयदेव अवस्थी, मंगल खान, चन्द्र कंडेल, भुपाल साहु लगायतलाई प्रमुख अतिथि बिष्ट र एसओएस युवालय नेपालगञ्जका नायब–निर्देशक बिश्वासले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
प्रमुख अतिथि बिष्टले राज्यले गर्न नसेको कार्य गरि एसओएसले प्रंशसनीय कार्य गरिरहेको बताउनुभयो । एसओएसले निस्वार्थ भावको नाताले कार्य गरी रहेको छ, बिष्टले भन्नुभयो, अभिभावक बिहिन बालबालिकाहरुको अभिभावकको भूमिकानिर्वाह गरी रहेको छ, साथै आत्मनिर्भर पनि बनाई रहेको छ । उच्च शिक्षाको लागि नेपालगञ्ज उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
वडा नं.१२ का वडाध्यक्ष बज्राचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, जिल्ला शिक्षा बिकास समन्वय ईकाइका प्रमुख रामसुरेश यादव, फत्तेबाल आँखा अस्पताल नेपालगञ्ज डा. देवराज भारती, भेरी अस्पताल नेपालगञ्ज गंगा बहादुर खत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
एसओएस बालग्राम सुर्खेतकी छोरी दैलेख घर भएकी अनिता शाहीले आफनो बायोग्राफी सो कार्यक्रममा प्रस्तुत गरेको एसओएस युवालय नेपालगञ्जका उप–निर्देशक मीना तुलाधरले बताउनुभयो ।
कार्यक्रममा आर्दश माध्यमिक बिद्यालयका निर्देशक आई.पी.पोख्रेल, ब्राइट कलेजका राजेश केशर खनाल, नील सागर बृद्धाआश्रम नेपालगञ्जका अध्यक्ष सरिता खनाल, अमन सुवेदी, लगदहवा माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक दिपक चेम्जोङ्ग, श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालयका पूर्व प्रधानाध्यापक ललिता उपाध्याय, हिरालाल प्रसाई, आकाश जायसवाल एसओसलाई सहयोग गर्ने दाताहरुको सहभागिता रहेको थियो ।





