
शरद रेग्मी
दाङका २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल बाँकेमा स्वाब परीक्षण गर्दा नेपाली सेनाका २९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै १९ नम्बर बाहिनी तुलसीपुरमा कार्यरत सेना हुन् ।
गएको साउन १८ गते प्यूठानबाट आएका एक सेनामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य ३१ जनाको स्वाब संकलन गरि परीक्षणका लागि बाँके पठाईएको थियो ।
ति मध्ये २ जना बाहेक अन्य सबैको कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले बताउनुभयाे ।
१६ गते प्यूठानबाट आएका एक सेनामा ज्वरो आएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि देखिएको थियो ।
मंगलबार संक्रमण पुष्टि भएका सबैलाई यस अघि नै बाहिनीको क्वारेन्टिनमा राखिएको थियो । संक्रमितहरुलाई लक्षण भने नदेखिएको केसीले बताउनुभयाे ।
यस्तै दाङ बबई गाउँपालिकाका तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।





