श्रीमानले आफ्नै घरमा आगाे लगाए, श्रीमती घाईते

दाङ । दाङको तुलसीपुरमा एक व्यक्तिले पेट्रोल छर्किएर आफ्नै घरमा आगो लगाएका छन् ।

आगलागीमा परेर उनकी श्रीमती जलेर घाइते भएकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका उज्वल श्रेष्ठले घरमा पेट्रोल छर्केर घरमा आगो लगाउन खोज्दा उहाँकी २८ वर्षीया श्रीमती माया श्रेष्ठ घाइते भएकी हुनुभएकाे हाे ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मंगलबार दिउँसो १२ बजेतिर श्रेष्ठले घरमा आगो लगाउन खोजेको थिए ।

त्यसक्रममा जलेर घाइते भएकी उहाँकी श्रीमतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । श्रेष्ठको हात, खुट्टामा जलेको छ ।

ती व्यक्तिले श्रीमतीसँग पटक-पटक विवाद हुँदै आएको र आफू तनावमा भएको प्रहरीसमक्ष बताएका छन् । उहाँले घरमा आगो लगाएर आफू पनि आत्महत्या गर्न खोजेको बयान दिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयाे ।

आगलागीबाट कोठामा रहेका दराज, कपडा, टिभिलगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रहरीले ती श्रेष्ठलाई पक्राउ गरी थप घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Previous articleबाँकेकाे नरैनापुरबाट १८५ किलाे गाँजा बरामद
Next articleजानकीमा मनाइयो धान दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here