बाँकेकाे नरैनापुरबाट १८५ किलाे गाँजा बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठूलो परिमाणमा लागू औषध (गाजा) बरामद गरेको छ ।

विशेष सुराकीकाे आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरकाे टाेलीले १८५ किलाे गाँजा बरामद गरेकाे हाे ।

प्रहरी निरीक्षक विर बहादुर सुनार नेतृत्वको टाेलीले नरैनापुर गाउपालिका वडा नं. ६ काे चौबिस बिगाह र दोन्द्रा गरी दुई स्थानबाट उक्त परिमाणकाे गाँजा बरामद गरेकाे हाे ।प्रहरीका अनुसार अनिता मौर्या, चिम्मन अहिर र मङ्ते भन्ने रामदास मौर्याको घरमा खान तलासी गर्दा घर र गहुँको भुसभित्र लुकाई राखेको अवस्थामा १८ बोरा गाँजा फेला पारेकाे थियाे ।

प्रहरीले गाँजासहित दुई जना व्यक्तिलाई समेत पक्राउ गरेकाे जनाएको छ । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका वडा न. ६ दोन्द्रा बस्ने ५० वर्षीया अनिता मौर्या र सोही ठाउँ बस्ने ३१ वर्षीय पारस मौर्या रहेका छन ।

Previous articleश्रमिकहरु तातो हावाको उच्च जोखिममा
Next articleश्रीमानले आफ्नै घरमा आगाे लगाए, श्रीमती घाईते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here