इमान्दारिताका साथ काम गर्नुस् : अध्यक्ष छब्बन खाँ

मानपुर । गाउँपालिकाको शाखाबाट प्रदान हुने सेवालाई गुणस्तरीय बनाउन बाँकेको जानकीमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

स्वास्थ्य लगायतका सेवालाई उणस्तरीय बनाउन भएका समस्या र सल्लाह सुझाव तथा कार्यक्रमको पारदर्शिता हुनुपर्ने भन्दै बुधबार जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँले सबै स्वास्थ्यकर्मीलाई इमान्दारिताका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले बिगतमा के भयो, के भएन भन्ने कुराहरु बिर्र्सिएर जनतासम्म सेवा पुरर्याउन जो जहाँ खटिएको त्यहीँबाट प्रभावकारी सेवा दिन जोड दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष राम प्यारी यादव, वडा अध्यक्षहरुको उपस्थित सार्वजनिक सुनुवाई कार्यक्रममा प्राप्त भएको सल्लाह सुझावलाई मनन गर्दै देखिएका कमि कमजोरी सुधार गर्न गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले आश्वासन दिनुभएको थियो ।

वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले समापन गर्नुभएको कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष मोहम्मद रजा राई, स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, शिक्षा शाखा प्रमुख प्रतिभा ओली खड्का लगायतको उपस्थिति रहेको थियो ।

परिमार्ग मिडिया सेन्टर गुलरिया, बर्दियाको सहकार्यमा प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश जानकी गाउँपालिका बाँकेले को सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो ।

Previous articleजानकीमा मनाइयो धान दिवस
Next articleयौनिक तथा लैंङ्गिक अल्पसंख्यक क्षेत्रमा अझै नीतिगत समस्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here