लायन्स क्लब अफ नेपालगञ्जको अध्यक्षमा पुष्कर खडका चयन

नेपालगञ्ज । लायन्स क्लब अफ नेपालगञ्जले आन्तरिक पद हस्तान्तरण गरेको छ । बिहीबार एक समारोहकाबीच पद हस्तान्तरण गरिएको हो ।

क्लबका अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा तथा लायन्स क्लब ३२५ बि २ का पूर्व गर्भनर मधुसुधन शर्मा र सेम शाक्यको बिशेष उपस्थितिमा भएको पद हस्तान्तरण कार्यक्रममार्फत २०२२/२०२३ का लागि अध्यक्षमा पुष्कर बहादुर खडका चयन हुनुभएको छ ।

अध्यक्ष पदमा चयन भएसंगै अध्यक्ष खडकाले वार्षिक कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । बोर्ड कमिटिको आइ पी पी पदमा गणेश भण्डारी, प्रथम उपाध्यक्षमा मख्खन बहादुर धामी, द्धितिय उपाध्यक्षमा रण बहादुर न्यौपाने, सचिवमा तारा प्रसाद खत्री, कोषाध्यक्षमा चोल राज श्रेष्ठ र सहकोषाध्यक्षमा टेक बहादुर खडका (व्यापारी) चयन हुनुभएको हो ।

यस्तै क्लब मेम्बरसिप चियर पर्सनमा गणेश भण्डारी, क्लब एल सी आई एफ कोर्डिनेटर ज्ञानेन्द्र कुमार श्रेष्ठ, क्लब सर्भिस चियर पर्सन यज्ञ प्रताप राणा, क्लब मोर्केटिंग कम्यूनिकेशन चियरपर्सनमा धामीलाई चयन गरिएको छ भने क्लबको डाईरेक्टरमा डा.सुरेश कुमार कनोडिया, डा.रोमा बोरा, डा. सुवास योगी, यज्ञ बहादुर बस्नेत, नर्वदा शाही, बिष्णु गौतम, भोलानाथ सिटौला रहनुभएको छ ।

यसैगरी लायन टेमरमा डा.राज कुमार सुवेदी, पि आर ओमा भोलानाथ सिटौला, टेल टुईजरमा किल श्रेष्ठ र लियो सल्लाहकारमा भीम प्रसाद सुवेदीलाई चयन गरिएको छ ।

कार्यक्रममा पूर्व अध्यक्ष भिम सुवेदी, पूर्व अध्यक्ष तथा जोन चेयर पर्सन श्याम कुमार शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । नव चयन भएको बोर्डले बिभिन्न कार्यक्रमहरु तिब्रताका साथ गर्ने कार्ययोजना समेत तयार गरेको छ ।

Previous articleशैक्षिक सामाग्री पाउँदा देखिएको त्यो अनुहारको खुशी..
Next articleअबैध सिल गरिएको कन्टेनर जमुनाहाबाट पक्राउ, अफिमको आशंका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here