
नेपालगञ्ज । नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती क्षेत्र नेपालगन्जले शिक्षा अभियान अन्तर्गत श्री राम जानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मनिकापुरमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
शैक्षिक सामाग्री पाएपछि बालबालिका खुशी भएका थिए । उनीहरुको मुहार उज्यालोले भरिएको थियो । सामाग्री पाएपछि एकआपसमा सामाग्री के के छ भनेर हेर्न थाले । सानो भएपनि नयाँ कुरा पाउँदा खुशी नहुने कुरै भएन । त्यस्तै खुशी र उज्यालो अनुहार बालबालिकामा देखिन्थ्यो ।
नेपालगन्ज वडा नं २० नयाँ बस्तीमा रहेको विद्यालयमा अध्ययनरत ७३ जना बिद्यार्थीलाई कपि, कलम, झोला लगायतको सामाग्री वितरण गरिएको छ भने उक्त स्टेशनरी सामाग्री चौलानी पुस्तक पसल कारकाँदोले उपलब्ध गराएको थियो ।
नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती नेपालगन्जका चादना बाइजीको सभापतित्वमा भएको कार्यक्रममा नेपालगन्ज वडा न. २० का वडा अध्यक्ष कौशल कुमार धोबी, विद्यालयका प्रधानाध्यापक भावना शाह, समितिका संगिता बाइजी, नवराज सापकोटा, राजकुमार योगी र मोहन चन्दको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मानव धर्म भेरी अञ्चलको संक्षिप्त परिचय, मानव धर्मको शिक्षा अभियानको परिचय लगायतको बिसयमा जानकारी दिइएको थियो भने, वडा अध्यक्ष धोबीले विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद दिँदै आफ्नो वडामा पिछाडिएका विद्यालयलाई अवलोकन गरि सहयोग र साथ दिने बताउनुभयो ।
भेरी राप्तीका उपाध्यक्ष तेज नारायण कंडेलकाे उपस्थिति रहेकाे सामाग्री बितरण कार्यक्रम भेरी राप्तीका सचिव मंगल जिएमले संचालन गर्नुभएको थियो ।





