अबैध सिल गरिएको कन्टेनर जमुनाहाबाट पक्राउ, अफिमको आशंका

photo: onlinekhojkhbar

नेपालगञ्ज । बाँके प्रहरीले अबैधरुपमा सामान बोकेर भारत जान लागेको कन्टेनरलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बाँकेले शुक्रबार बिहान अबैध सामान बोकेर अबैध सिल गरिएको कन्टेनरलाई जमुनाहाबाट नियन्त्रणमा लिएको हो ।

प्रमाणिकरण बिना सामान लोड गरि सिल गरिएको कन्टेनर नियन्त्रणमा लिएको जमुनाहा प्रहरी प्रमुख माधव रिजालले जानकारी दिनुभयो ।

कन्टेनरमा अबैध सामान दुई सय ५० बोरा फेला परेको छ । कन्टेनरभित्र पार्टेसन गरेर सामान राखिएको थियो । बरामद सामानबारे यकिन पहिचान हुन सकेको छैन । तर उक्त अफिम हुन सक्ने आशंका गरिएको छ ।

कन्टेनर चालक फरार भएका छन् । प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको छ । कुनै पनि मालबाहक सवारी साधनले प्रमाणीकरण गराएरु प्रमाणपत्र पाएपछि मात्रै नेपालबाहिर जान पाउने मात्र इजाजत प्राप्त हुन्छ ।

Previous articleलायन्स क्लब अफ नेपालगञ्जको अध्यक्षमा पुष्कर खडका चयन
Next articleभेरी अस्पतालका बिरामीलाई फलफूल बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here