
नेपालगञ्ज । विस्वका विभिन्न देशहरुमा उच्च शिक्षा आर्जनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गरेर बाँकेको नेपालगन्जमा शैक्षिक परामर्श केन्द्र हिमा ऑस वेस्टर्न एजुकेशन कन्सल्टेन्सी सेन्टर संचालनमा आएको छ ।
नेपालगन्जको सेतु बिक्र चोक रहेको कन्सल्टेन्सीको नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्टले रिवन काटेर उद्घाटन गर्नुभयो ।
विधिवतरुपमा हिमा ऑस वेस्टर्न एजुकेशन कंसल्टेंसीले उद्घाटनसंगै सेवा पनि शुरु गरेको छ । उद्घाटनको दिन ७ जना बढि बिद्यार्थीले परामर्श लिएका र १२ जना विद्यार्थीहरु परामर्श लिनका लागि सम्पर्कमा आएका कन्सल्टेन्सीका कार्यकारी प्रमुख विपिन बिक्रम शाहले बताउनुभयो ।
‘कोरोना कहरले थलिएको शैक्षिक परामर्श केन्द्रहरु भर्खरै उठन थालेका छन्, संचालक शाह भन्नुभयो । नेपालगन्जमा रहेका शैक्षिक परामर्श केन्द्रहरुको भिडमा उदाएको हिमले फरक र सेवाग्राहीहरुलाई सन्तुष्ट बनाउन विभिन्न योजनाहरु ल्याएको कन्सल्टेन्सीले जनाएको छ ।
हामी पहिला आफ्नो सेवालाई प्रभावकारी बनाउनतर्फ ध्यान दिन्छौं ।, संचालक शाहले भन्नुभयो, विभिन्न ठाउँमा विद्यार्थीहरुलाई अग्रिम सेवा शुल्क मागेर हैरान बनाउने गरेको गुनासो सुनेको छु । हामी पहिला पैसाको कुरा गर्दैनौं ।
परामर्श लिन आउने सबै विद्यार्थीहरु पढनको लागि विभिध कारणले विदेश जान सक्षम पनि हुदैनन् र जान सक्ने नसक्ने पहिलै नै भन्ने गरेको संचालक शाहको भनाई छ ।
पछि विद्यार्थी र अभिभावकले तनाव नहोस भन्नका लागि नै पहिल्यै जानकारी गराउने गरेको शाहले बताउनुभयो । हिमा ऑस एजुकेशन कन्सल्टेन्सीको प्रधान कार्यालय अष्ट्रेलियामा रहेको र यसको शाखा कार्यालय श्रीलंका, भारत, थाईल्याण्ड, कोलम्बियाको बिभिन्न शहरहरुमा समत रहेको छ ।
यस शाखाले डॉक्टर र नर्सलाई बेलायतको लाईसेन्स प्राप्त गर्नको लागि प्रमार्श तथा आवश्यक प्रकृया र कक्षाहरु समेतको सुविधा उप्लब्ध रहेको जनाईएको छ ।
कक्षा १२ पास गरेका र ब्याचलर्स सकेका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्नका लागि विदेशका विभिन्न देशहरु अष्ट्रेलिया, युके, न्युजरल्याण्ड र भारत लगायतका देशका उत्कृष्ठ विश्व विद्यालयहरुमा अध्ययनको लागि विद्यार्थीहरुलाई पठाउन सकिने मार्केटिङ म्यानेजर शिवानी चन्दले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा नेपालगन्जका समाजसेवी, बिभिन्न कलेजका प्राध्यापक, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।





