लेनदेन मुद्दामा फरार चौधरी पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले लेनदेन मुद्दाका दोषी फरार एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लेनदेन मुद्दामा फरार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ का ३७ वर्षीय धिरेन्द्र चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीलाई बाँके जिल्ला अदालतको मिति २०७९ असार १० गतेको फैसलाले दोषी ठहर गरेको थियो । अदालतले लेनदेन मुद्दामा चौधरीलाई दुई बर्ष कैद र पाँच लाख जरिवाना लोकेको थियो ।

सजायपछि हालसम्म फरार चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले असार १७ गते पक्राउ गरेको जनाएको छ ।

Previous articleभेरी अस्पतालका बिरामीलाई फलफूल बितरण
Next articleसेतु बिक चोकमा हिमा ऑस वेस्टर्न एजुकेशन कन्सल्टेन्सी संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here