
नेपालगञ्जमा आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना नेपालगञ्ज । नेपालगञ्जको न्यूरोडमा आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिक अनावरण गरिएको छ । शालिकको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले शनिबार विहान अनावरण गर्नुभएको हो ।
शालिक अनावरणमा लुम्बिनी प्रदेशका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सदस्य हरिप्रसाद तिमिल्सिना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।
साढे १२ लाखको लागतमा लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले आदिकवि आचार्यको शालिक निर्माण गरेको हो । उक्त चोकलाई भानुभक्त चोक नामाकरण गरिएको छ । सालिकको २०७८ फागुन ५ गते मन्त्री हमालले सिलान्यास गर्नुभएको थियो ।





