कोहलपुरमा ट्रकले ठक्कर दिँदा १२ वर्षीया बालिकाको मृत्यु

नेपालगञ्ज । बाँकेको कोहलपुरको बसपार्क अगाडी दुर्घटना हुँदा एक जना पैदल यात्री बालिकाको ज्यान गएको छ ।

शनिबार दिउँसो करिब १२ बजेको समयमा कोहलुर वडा नं ११ बसपार्क नजिकै कोहलपुर चोकतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९२२९ नम्बरको ट्रकले ठक्कर दिँदा बर्दियाको ठाकुरबाबा १ भुरीगाँउकी अन्दाजी १२ वर्षीया खिमा बोहाराको मृत्यु भएको हो ।

बोहराको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा ज्यान गएको छ । ठक्करबाट उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।

दुर्घटना लगत्तै ट्रक चालक सिराहाको मिर्चैया नगरपालिका वडा न-७ का ३१ वर्षीय खिम प्रसाद खतिवडालाई नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।

Previous articleन्यूरोडमा आदिकवि भानुभक्त आचार्यको शालिक अनवारण
Next articleनेपालगञ्ज-४ का १२३ बालबालिकाको स्वास्थ्य परीक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here