
नेपालगञ्ज । लुम्बिनी प्रदेशस्तरीय प्रथम तथा १२ औं संघीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता अन्तर्गत एथलेटिक्समा बाँकेले बर्चस्व जमाएको छ ।
दांगमा संचालित प्रतियोगितामा बाँकेका सहभागिहरु एथलेटिक्सका बिभिन्न खेलमा बिजयी हुँदै बर्चस्व जमाएका हुन ।
एथलेटिक्स टिम कोच बिरेन्द्र कुमार मल्लका अनुसार छात्रतर्फ १०० र २०० मिटर दौडमायूवराज वि.क प्रथम, ४०० मिटर दौडमा सहनचन्द्र शाह प्रथम भएका छन् ।
यस्तै छात्रातर्फ ४०० मिटर दौडमा राम कुमारी थारू प्रथम, ८०० मिटर दौड दिया सुनार प्रथम भएकी छन् ।
यसैगरी १०० मि दौडमा रिजन मल्ल तृतिय, ट्रिपलजम्पमा चमेली थारू प्रथम, ज्यापलिङ थ्रोमा सुमिना योगी प्रथम, २०० मि दौड सम्झना थारू द्धितिय स्थान प्राप्त गरेकी छन् ।
यसअघि शनिबार भएको कबड्डी खेलमा छात्रतर्फ बाँकेले कपिलवस्तुलाई (७६-३९) अन्तरले हराउँदै सेमिफाइनलमा प्रबेश गरेको प्रतियोगिता स्थल बिद्यार्थी लिएर जानुभएका जय किसान माबि नरैनापुर ६ शिक्षक अरुण यादवले जानकारी दिनुभयो ।





