इङ्ल्यान्डसँगको टी-२० क्रिकेट श्रृङ्खलामा भारतको जित

इङ्ल्यान्डसँगको तीन खेलको टी-२० श्रृङ्खला भारतले एक खेल अगाडि नै जितेको छ । बर्मिङ्घममा गएराति भएको दोस्रो टी-२० मा इङ्ल्यान्डलाई ४९ रनले हराउँदै भारतले श्रृङ्खला २-० ले जितेको हो ।

भारतले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १७ ओभरमा १ सय २१ रन बनाउँदा अलआउट भयो । इङ्ल्यान्डका मोइन अलीले सर्वाधिक ३५ रन जोडे । त्यस्तै डेविड विलिले अविजित ३३ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले ३ तथा जस्प्रित बुमराह र युजभेन्द्र चाहलले २र२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । भारतका लागि रविन्द्र जडेजाले अविजित ४६ रन बनाए । त्यस्तै कप्तान रोहित शर्माले ३१ रन जोडे ।

इङ्ल्यान्डका क्रिस जोर्डनले ४ तथा रिचार्ड गिल्सनले ३ विकेट लिए । यसअघि पहिलो खेलमा भारत ५० रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टी-२० आज हुनेछ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments