जिल्ला खेलकुद विकास समिति बाँके अध्यक्षमा शाह नियुक्त

नेपालगञ्ज । जिल्ला खेलकुद विकास समिति बाँकेको अध्यक्षमा संदिपजंग शाह नियुक्त हुनुभएको छ ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीले शाहलाई अध्यक्षमा नियुक्त गरेको हो । शाह नेपाल तरुण दल नेपालगञ्ज नगरका सभापति पनि हुनुहुन्छ ।

बाँके उपाध्यक्षमा चेतकान्त भट्टराई र कोषाध्यक्षमा विरेन्द्र शाही नियुक्त हुनुभएको छ ।

यस्तै सदस्यहरुमा मञ्जु शाह, रेवती सिंह, दिपक वली, मोहम्मद जावेद हलवाई, रन्जितसिंह सिजापति र चन्द्र रानालाई नियुक्त हुनुभएको प्रदेश समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

Previous articleइङ्ल्यान्डसँगको टी-२० क्रिकेट श्रृङ्खलामा भारतको जित
Next article१२ औं राष्ट्रपति रनिङशील्डमा बाँके प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here