शैक्षिक सुधारका लागि जानकीमा ल्यापटप बितरण

मानपुर । शैक्षिक सुधारका लागि बाँकेको जानकी गाउँपालिकामा बिद्यालयलाई ल्यापटप प्रदान गरिएको छ ।

गाउँपालिका शिक्षा शाखाले बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष छब्बन खाँले पालिकामा रहेको ३६ वटा बिद्यालयका प्रतिनिधिलाई ल्यापटप प्रदान गर्नुभएको हो ।

बितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खाँले ल्यापटपले बिद्यालयको शैक्षिणिक कार्य व्यवस्थापनमा सहयोग पुर्याउनेमा आशा व्यक्त गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाका अनुसार आर्थिक वर्ष २०७८/२०७९ को मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सामुदायिक आधारभूत, माध्यमिक बिद्यालय र मदरसालाई गुणस्तरीय खालको ल्यापटप बितरण गरिएको हो ।

कार्यक्रममा वडा न.१ का वडा अध्यक्ष मो.रजा राई, जिल्ला समन्वय समिति बाँकेका सदस्य जुल्फिकार मनिहार, जानकी शिक्षा समिति संयोजक राम अचल धोबी, गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रतिभा ओली खड्का, बिद्यालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

Previous articleठुलो मात्रामा ब्राउनसुगर सहित राँझाबाट एक जना पक्राउ
Next articleडुडुवा साक्षर गाउँपालिका घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here