ठुलो मात्रामा ब्राउनसुगर सहित राँझाबाट एक जना पक्राउ

कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषध ब्राउन सुगर सहित एक जनालाई पक्राऊ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं २० मनिकापुर स्थित राँझादेखि कण्ठिपुर जाने सडक बाटोमा ६ ग्राम ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिनुभयो ।

पक्राऊ पर्नेमा नेपालगंज उपमहानगरपालिका वडा नं-२२ पुरैनी बस्ने बर्ष ३२ को भगवन्त लोनिया रहेका छन ।

डिएसपी मल्लका अनुसार, बिहीबार कण्ठीपुरबाट रांझा चोकतर्फ आउदै गरेको भे १२ प ३०१९ नम्वरको मोटर साईकल रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक लोनियाले लगाएको हाफ पाईन्टको खल्तिमा उक्त लागू औषध लुकाई राखेको अवस्थामा फेला परेको थियो ।

उनको साथबाट वारदातमा प्रयोग गरेको भे १२ ३०१९ नम्बरको मोटर साईकल १ थान, साथमा रहेको भिभो कम्पनिको मोवाईल सेट १ थान, इन्टेल कम्पनिको सादा मोवाईल सेट १ थान बरामद गरिएको छ । लोनियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी मल्लले बताउनुभयो ।

Previous articleबाँकेको बेरुजु ४५ करोड (पालिकाको विवरण सहित)
Next articleशैक्षिक सुधारका लागि जानकीमा ल्यापटप बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here